शिक्षकशिक्षिका सम्मानित

सर्लाही

सर्लाहीका हरिवन नगरपालिका-६ भित्र रहेका ३ वटा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई सम्मान गरेको छ।

नगरपालिकाले शैक्षिक पेशामा आवद्ध रहेका निस्वार्थ भावले योगदान गरेका ३ विद्यालयका अब्बल र उत्कृष्ट ६ शिक्षकशिक्षिकालाई बुधबार सम्मान गरेको हो ।

वडाध्यक्ष प्रल्हाद बुढाथोकीको अध्यक्षता एवंम नगर प्रमुख गणेश प्रसाइको प्रमुख आतिथ्यतामा वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी शिक्षकशिक्षिकालाई प्रसंशापत्र, दोसल्ला, डायरी र व्याग प्रदान गरी सम्मान गरेका थिए ।

वडामा रहेका १ मावि र २ प्रावि गरी ३ वटै सामुदायिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउन सफल प्रथम, द्वितीय, तृतीय र ६० छात्रछात्रालाई डायरी, व्याग, स्टेसनरी लगायतका समाग्री वितरण गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा वडा नं. ७, का वडाध्यक्ष नेत्र प्रसाद मैनाली, ३ वटा विद्यालयका प्रधानाध्यापक शिक्षकशिक्षिका विद्यार्थीहरुको समेत उपस्थित रहेको वडाध्यक्ष बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया