राष्ट्रपतिद्वारा नमुना दलित वस्ती हस्तान्तरण

उपेन्द्र गोले संवाददाता
रौतहट

रौतहटको मौलापुरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नमुना दलित बस्ती हस्तान्तरण गरिएको छ । राष्ट्रपति भण्डारीले घर र लालपुर्जा सम्बन्धित समुदायलाई मंगलबार हस्तान्तरण गरिकी हुन् ।

नगरपालिकाद्वारा निर्मित १७ घर परिवारलाई पर्याप्त जग्गा सहितको आधुनिक भवन निर्माण गरेर हस्तान्तरण गरिएको नगर प्रमुख रिना कुमारी शाहले बताइन् । प्रत्येक घरको अगाडि पक्की नाला, खेल्ने चौर, आगन तथा गाईवस्तु पाल्ने ठाउँ समेत रहेका छन् । घरलाई दुई तल्ले बनाउने गरी निर्माण गरिएको छ । वस्तीको बीच भएर पक्की सडक निर्माण गरिएको छ ।

वस्तीलाई चारै तिरबाट सुरक्षित बनाउन कम्पाउण्ड वाल लगाइएको छ । तराई मधेशमा नै पहिलो पटक सुबिधा सम्पन्न र आफ्नो संस्कृति अनुसारको घर निर्माण गरिएको प्रदेश २ का नेकपा अध्यक्ष एवं संघीय सांसद प्रभु साहले बताए । सुबिधा सम्पन्न घर प्राप्त गर्ने भएपछि खुसी लागेको स्थानीय जंग बहदुर रामले प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया