‘ बेटी पढाउ, बेटी बचाउ ‘ अभियान प्रभावकारी छ: राष्ट्रपति भण्डारी

उपेन्द्र गोले संवाददाता
रौतहट

राष्ट्रिपति विद्यादेवी भण्डारीले प्रदेश सरकारको ‘ बेटी पढाउ, बेटी बचाउ ‘ अभियानको प्रशंसा गर्दै उक्त अभियान प्रभावकारी रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले मंगलबार मौलापुरमा कर्नाटकालीन महादेवको विशेष पूजा गर्ने क्रममा बताएकी हुन् । उनले थपिन् – दाइजो, बोक्सी प्रथा र महिला हिंसा समाजमा अझै कायम रहेकाले यस्तो समाजिक विकृति हुनु दुखद हो । राष्ट्रपति भण्डारीले प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक ऐन बनाइसकेको बताइन् ।

राष्ट्रपति भण्डारीले भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर सांस्कृतिक पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले मौलापुर नगरपालिकालले मधानी महायज्ञ गरेको खुशी व्यक्त गरिन् । सरकारले तराईको विकासलाई उच्च प्राथमिकता दिदै हुलाकी मार्गको कार्य सम्पन्न गर्ने, आधुनिक एकिकृत बस्ती, जनताको आवास कार्यक्रम सुदृढ गर्ने, स्वास्थ्य केन्द्र प्रबर्दन पार्ने, शान्ति सुरक्षा थप सुृदृढ गर्ने र पर्यटन विकास गर्ने निश्चित लक्ष्य लिएर अघि बढेको राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीले सरकारको महत्व र गौरवको योजनामा काठमाण्डौ द्रुत मार्ग र नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेको समेत जनाइन् । आराध्ये देव शिबको पूजा गरी लिला प्रर्दशन गर्ने यस पवित्र धर्तीलाई पुजन सम्मान गर्ने ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उर्जागर गरेको भण्डारीले बताइन् । विभिन्न जातजाति बीच एकता र सहिष्णुताको बलियो जगमा बिकसित यस क्षेत्रले हाम्रो सांस्कृतिक गौरबलाई माथि उठाएको छ, उनले भनिन् ।


प्रदेश सरकारले उत्पादन वृद्धि र पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले कृषि उपजका लागि प्रदेश नंम्बर २ को उर्वरभूमिलाई प्रदेश सरकारले प्रथामिकता राखेर माछापालन लगायतमा जोड दिनुपर्ने बताइन् । ताल तलैयाको संरक्षण नहुनु, बढदो बन बिनाश र प्राकृतिक दोहन लगायत जलवायु परिवर्तनका कारण वर्षौनी धनजनको क्षति हुने गरेको प्रति दुख व्यक्त गरिन् । उनले चुरे संरक्षण र तटबन्धको कार्यमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

त्यसैगरी प्रदेश नं. २ का मुख्यमन्त्री लालवावु! राउतले महिलालाई आर्थिक तथा प्रशासनिक गतिविधिमा नपुर्‍याएमा समृद्ध प्रदेश नहुने बताए । उनले छोरी शिक्षा बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहले ३ लाख थपेर ६ लाख बनाउन सुझाव दिए । २० वर्षमा १ छोरीको खातामा २० लाख पुर्‍याउने योजना रहेको उनको भनाई छ ।

मुख्यमन्त्रीका अनुसार जातीय छुवाछुत भावनालाई परिर्वतन र सुधार ल्याउन विधेयकलाई प्रथामिकता दिएको छ । मौलापुर नगरपालिकाका प्रमुख रीना देवी साहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशासकीय अधिकृत सिकेन्दर साहले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया