कोरियामा कोरोना त्रास

पत्रपत्रिका
पत्रपत्रिका
सोल,दक्षिण कोरिया
Rss

दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमीटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण ।कोरियाको चौथो ठुलो सहर थेगुमा विभिन्न कम्पनीहरू छन् ।

दक्षिण कोरियाको डाइगुमा मास्कसहित जेब्रा क्रसिङमा ट्राफिक सङ्केत कुर्दै स्थानीय नागरिक तस्वीर : रोयटर्स

कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना सङ्क्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् ।

थेगुमा शनिबार मात्रै २ सय २९ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय ३३ पुगेको छ । थेगु नजिकैको छाङदोको छाङदो थेनाम अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ९ जना अस्पतालका कर्मचारी र १ सय २ जना भाइरसबाट सङ्क्रमित भएका छन् । थेगु र छाङदोमा मात्रै ३ सय ५३ सङ्क्रमित छन् ।

भाइरसको सङ्क्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । थेगुमा झण्डै २५ लाख मानिस बसोबास गर्छन् । थेगु र आसपासका क्षेत्रमा ७ हजार नेपाली ईपिएसमार्फत काम गरिरहेका छन् । भाइरसको सङ्क्रमण बढ्दै जाँदा सहरमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको थेगुमै काम गरिरहेकी पार्वती वाइबाले बताइन् । ‘हामीआज धेरै दिनपछि तरकारी किन्न निस्किएका थियौं । भनेजस्तो सामान नै नपाउने । पाउरोटीहरू पनि छैनन् । जे भेट्टायो त्यही लिएर आयौं । पहिलाजस्तो बजारमा सामान नै छैन,’ उनले गुनासो गरिन् । कान्तिपुरमा समाचार छ ।

तपाईको प्रतिक्रिया