ग्लोबल र जनताबीच मर्जरको सहमति

काठमाडाैं

ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल लिमिटेडबीच शुक्रबार मर्जरको लागि सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौैंमा आयोजित कार्यक्रममा ग्लोबलका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनताका अध्यक्ष केशबबहादुर रायमाझीले मर्जरका लागि सहमति पत्रमा हस्ताक्षर गरेको हो । मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ भने सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल रहने छ ।

सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहनेछ ।  त्यस्तै प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्री र बरिष्ठ डेपुटी सिइओमा ग्लोबलका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया