घेदुङले पूर्णता पायो

उपेन्द्र गोले संवाददाता
महोत्तरी

नेपाल तामाङ घेदुङ प्रदेश नं. २ले पूर्णता पाएका छन् । शनिबार घेदुङ समितिको महोत्तरीस्थित बर्दिबासमा बसेको प्रथम बैठकबाट पूर्ण्ता पाएका हुन् ।

उक्त बैठकबाट यमलाल गोलेको अध्यक्षतामा २४ सदस्यीय कार्यसमितिले पूर्ण्ता पाएका हुन् ।

समितिको उपाध्यक्ष सञ्जीव मोक्तान, सुनमाया लोप्चन, राम्रीमाया तामाङ, कोषाध्यक्ष छ्योइसाल माया घलान, सचिव चन्द्रबहादुर मोक्तान, सहसचिव उपेन्द्र गोले रहेका छन् ।

त्यसैगरी सदस्यहरू क्रमश कमला वाइबा, ज्योति स्याङ्तान लगायत रहेको नवनिर्वाचित समितिका अध्यक्ष यमलाल गोले जानकारी दिए ।

नेपाल तामाङ घेदुङको सङ्घीय महाधिबेशन चैत्र २७, २८, २९ गते काठमाडौमा सम्पन्न हुने भएकाले १० जना प्रतिनिधि समेत छनौट गरी १३ सदस्यीय सचिवालय गठन गरेको छ ।

गत माघ २९ गते सर्लाहीको लालबन्दीमा भएको घेदुङको प्रथम अधिवेशनमा विविध कारणले समितिलाई पूर्णता दिन नसकेको अध्यक्ष गोलेले बताए ।

 

तपाईको प्रतिक्रिया