सुनको मूल्यमा वृद्धि, हालसम्मकै उच्च

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

पहेंलो धातु सुनको मूल्यमा आइतबार उच्च वृद्धि देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो ।

आइतबार सुन प्रतितोलामा ७०० रुपैयांँले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आइतबार प्रतितोला ७८ हजार ८०० रुपैयाँ मूल्यमा खरिद बिक्री भए । यो मूल्य हालसम्मकै उच्च हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ७८ हजार १०० रुपैयाँमा कारोवार भएका थिए । यस्तै तेजाबी सुन प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७७ हजार ८०० रुपैयाँमा कारोवार भएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँमा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला ९१५ रुपैयाँमा कारोवार भएका थिए ।

तपाईको प्रतिक्रिया