तामाङहरुले पनि आफ्नो जन्मदिन बिशेष कार्यक्रम गरी मनाउन थालेका छन् । यस्तै कार्यक्रममा बजाउने गीत ‘केवा रेला ह्वाई’ भर्खरै बजारमा आएको छ ।
फुलकुमार बमजनको शब्द, संगीत र स्वरमा बनेको गीतको भिडियो हालै सार्वजनिक भएको हो । बमजनको साथमा शशीकला मोक्तान, बिशाल काल्तान, जोगलाल लामा, सुमिना लो, बबिता पाख्रिन, अञ्जु लामा, पुजा तामाङ, जिग्मेछ्योकी घिसिङ, धुप्छेन बम्जन र शेलीजोभ पाख्रिनले संयुक्त स्वर दिएका छन् ।
विगतमा यस्तो कार्यक्रमहरुमा नेपाली, हिन्दी र अंग्रेजीमा आएका गीतहरु बजाउदै जन्मदिन मनाउने गरेका थिए । अब भने आफ्नै भाषाको गीत बजाउन पाउने भएका छन् ।