मिस तामाङको पहिलो अडिसन धनकुटाबाट सुरु

पहिलो अडिसनमा चार जिल्लाबाट २५ जना सहभागी

धनकुटा, हिले

प्रदेश नम्बर १ स्तरीय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन चार जिल्लाको शुक्रवार धनकुटा हिलेमा भएको छ ।

तामाङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्परालाई प्रबद्र्धन गर्ने उद्देश्यले १ नम्वर प्रदेशभरीका तामाङ समुदायको यूवतीहरुको व्यक्तित्व र क्षमता विकास गर्न मिस तामाङ प्रतियोगिता आयोजना गरिदै छ । यो पहिलो संस्करण हो । नेपाल तामाङ धेदुङ उर्लाबारी नगर कार्यसमितीको आयोजना र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा सह–आयोजनामा भदौमा सम्पन्न हुने नगर घेदुङ अध्यक्ष राजकुमार योञ्जनले बताए ।

हिलेको अडिसनमा धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका जम्मा २५ जना तामाङ युवतीहरुले सहभागीता रहेको थियो । २५ जनाबाट छनोट दोस्रो चरणमा लाने सह–आयोजक धनकुटाका घेदुङ सचिव फुर्वा घिसिङ तामाङले बताए ।

अडिसनको निर्णाय मण्डलमा सन् २०१८ का मिसेस नेपाल सेकेण्ड रनरअप, मोष्ट ट्यालेण्ट जित्न सफल शान्ती पाख्रिन तामाङ, फेसन डिजाईनर जीवन चिमरिया, व्यूटिसियन सोयश्री बज्रचार्य र संचारकर्मी मानवी तामाङ मोक्तान रहेका छन् । शान्ती पाख्रिन तामाङको संयोजकमा निर्णायक मण्डल तोकिएको थियो ।

अब छिट्टै नै अन्य जिल्लाहरुको पहिलो अडिसन इलाम, झापा, सुनसरी र उर्लाबारी मोराङमा गरिने जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले बताए । प्रतियोगिताको ग्रान्ड फिनाले भने धनकुटाको हिलेमा आगामी भदौ २८ गते हुने बताएको छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख, ताज, गिफ्ट ह्याम्पर र स्कुटी पाउने छ । त्यस्तै फस्ट रनअपले नगद ५० हजार नगद, ताज, गिफ्ट ह्याम्पर र सेकेन्ड रनरअपले २५ हजार नगद, ताज र गिफ्ट ह्याम्पर पाउने आयोजकले बताएको छ ।

त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्षसम्मका लागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक इस्कलरसिप, जीवन वीमा लगायतको विभिन्न विधामा पुरस्कारहरु रहेको आयोजकका संयोजक रविन लामा पाख्रिनले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया