पुर्वेली गीत बजारमा सुस्ताएको अवस्थामा पत्रकार भोला अधिकारीले पुर्वेली गीत बजारमा लिएर आएका छन् । उनले ‘रुमाल फाटी गो ’ बोलको गीत बजारमा लिएर आएका छन् ।
हालै पुर्वका गाउठाउँलाई समेटेरर तयार पारिएको गीतलाई लोकप्रिय गायक बुद्ध खत्री र गायिका रोशनी राना मगरको आवाज भरेका छन् । गीतलाई पुर्वका रमणिय ठाउमा पनि सुटिङ गरिएको छ ।
हालै सार्वजनिक भएको गीतले सानैमा छोडेको मायालुलाई रुमाल मार्फत सम्झिने प्रयास गरिएको छ । यस गीतमा शब्द तथा संकलन भोला अधिकारीले नै गरेका छन् ।
‘पुर्वै मोरङ, धरान भेडेटार, म त मरेको मान्छे’ लडे झाँडीमा लगायतका दर्जनौ गीतमा शब्द संगीत तथा निर्देशन गरिसकेका छन् भने अभिनय समेत गर्दै आएका छन् । आफ्नै निर्देशक तथा अभिनयमा भोला अधिकारीको सार्वजनिक ‘रुमाल फाटी गो’ गीतमा ज्ञानेन्द्र कोइरालाको छायाँकन तथा सम्पादन रहेको छ । गीतको भिडियोमा भोला अधिकारी, विनिता राई, बद्रि पौडेल, सर्वज्ञान कोइराला, गुञ्जन माझी, विएन नेपालको अभिनय तथा नृत्य रहेको छ ।
गीतमा संगीत संयोजन केवी भण्डारीको छ ।