मिलनले खोले अनलाइन व्यापार

काठमाडाैं

टोखा–१० स्थित सामाखुशीमा रहेको शास्वत इन्टरप्राइजेजको बरिष्ठ अभिनेता उत्तम केसी, गीतकार वसन्त वित्यासी थापा र नायक एवं गायक श्यामकुमार मिश्राले उद्घाटन गरेका छन् ।

साहित्यकार मिलन शाह शंकरले सञ्चालनमा ल्याएको यो इन्टरप्राइजेजको शनिवार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । इन्टरप्राइजेजले रेडिमेड कपडा, फेन्सी सामानहरु अनलाइन र पसलबाटै बिक्री वितरण गरिने संचालक शंकरले बताए ।

उद्घाटनामा प्रमुख अतिथि बरिष्ठ अभिनेता केसीले प्रतिष्पर्धात्मक बजारमा अनलाइनमार्फत् ग्राहकलाई घरदैलो सेवामा सस्तो र सुलभ ढंगले उपलब्ध गराउन खोलिएको इन्टरप्राइजेजलाई प्रगतिको शुभकामना दिए ।

सोही अवसरमा गीतकार थापा र नायक एवं गायक मिश्रा र पत्रकार सानुकाजी श्रेष्ठले पनि प्रगतिको शुभकामना दिएका थिए ।

सो अवसरमा नायिका तथा गायिका सारिका घिमिरे, कलाकार दीपेन्द्र सिंह दर्नाल, सञ्चारकर्मी कृष्ण भुसाल, किसन अर्याल, गायक तथा सङ्गीतकार भीम विसी, गायक धु्रव विश्कोलगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रम पत्रकार गीता अधिकारीले संचालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका