दक्षिण कोरियामा शनिबार विहानसम्म कोरोना भाइरसको नयाँ संक्रमित संख्या ५ सय ९४ जना पुष्टि भएका छन् । यो सँगै बढेर जम्मा २ हजार ९ सय ३१ जना संक्रमित संख्या पुगेका छन्, भने १६ जनाको मृत्यु भएको छ ।
देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि परिक्षण कार्यक्रम तीब्र बनाएको छ । कोरिया सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिवेशन (केसीडीसी) का अनुसार सउलबाट ३ सय किलोमिटर दक्षिण-पूर्वीमा पर्ने थेगुमा ४ सय ७६ जना थप नयाँमा भेटिएका छन् । त्यसकै उत्तर ग्याङ्साङ्मा ६० जना र सउल क्षेत्रमा १२ जना थप कोरोना संक्रमित पुष्टि भएका छन् ।
भाइरसको संक्रमण अघिल्लो दिनको तुलनामा निकै बृद्धि भएको छ । स्वास्थ्य अधिकारीहरूको अनुसार यो दुई क्षेत्रमा रोकथामलाई विशेष ध्यान दिएका छन् । हालसम्म २ लाख भन्दा बढी मानिसलाई कोरोना परीक्षण भइरहेको बताएको छ ।
यहाँ रहेका नेपालीहरू दिनदिनै बृद्धि भएका कोरोना संक्रमितको संख्या देखेर त्रसित भएका छन् । त्यसको लागि उनीहरूले रोग रोकथाम, बच्ने उपायहरू लगायतका सुचनाहरू सामाजिक सञ्जालमा दैनिक पोष्ट गरिरहेका छन् । त्यस्तै नेपाली राजदूतवास सउलले एक जरूरी सूचना सार्वजानिक गरेसकेका छन् । यता गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाले सूचना विज्ञप्ती गत हप्ता सार्वजानिक गरेको थियो । सामाजिक सञ्जालबाट लाइभमा बसेर पनि सचेत, रोकथाम तथा संक्रमण हुन बच्ने उपायहरूको जनाकारी दिदै आइरहेको छ ।