ताम्सालिङ नहुनुमा प्रणालीगत त्रुटी

कुमार यात्रु तामाङ लेखक/सञ्चारकर्मी
काठमाडाैं

प्रदेशवासीहरुको अपेक्षा विपरित गण्डकी र कर्णाली झैँ प्रदेश नम्बर ३ लाई पनि बागमती नामाकरण गरिएको छ । बिगतमा नेवा-ताम्सालिङ नामाकरण गरेरै छाड्ने बाचा कसम खाने प्रदेश सांसदहरु बागमतीको पक्षमा पार्टी निर्देशन आए पछि निरिह भएका थिए । दलीय राजनीतिमा दलको सर्वोच्चता स्वभाविक भए पनि यो जनप्रिय निर्णय भने थिएन । बागमती प्रदेशको प्रस्तावले एकका बिरुद्ध १०४ मत प्राप्त गर्दा गर्दै पनि जनप्रिय नहुनु आफैँँमा आश्चर्यको विषय बनेको छ । प्रदेशसभामा झन्डै झन्डै सर्वसम्मत देखिएको यो निर्णय बागमती प्रदेशमा निन्दा र गालीको विषय बनेको छ भने नामाकरण हुन बाँकी प्रदेश नम्बर १, २ र ५ का लागि भय र त्रासको विषय बनेको छ ।

‘हाम्रो मत हामीले हाल्ने होइन रहेछ’, एक प्रदेश सांसदले आफनो नाम उल्लेख नगरी दिन आग्रह गर्दै इन्डिजिनियस भ्वाइसलाई भन्नु भएको थियो- ‘दलीय व्यवस्थाभित्र बसेपछि कि त दल छाड्नु पर्यो, कि त दलको कुरा मान्नु पर्यो ।’ उहाँ बागमती प्रदेशको नामाकरण र राजधानी तोक्ने सन्दर्भमा आफनो असन्तुष्ठी पोख्दै हुनुहुन्थ्यो ।

बागमती प्रदेशको प्रस्तावले एकका बिरुद्ध १०४ मत प्राप्त गर्दा गर्दै पनि जनप्रिय नहुनु आफैँँमा आश्चर्यको विषय बनेको छ । प्रदेशसभामा झन्डै झन्डै सर्वसम्मत देखिएको यो निर्णय बागमती प्रदेशमा निन्दा र गालीको विषय बनेको छ भने नामाकरण हुन बाँकी प्रदेश नम्बर १, २ र ५ का लागि भय र त्रासको विषय बनेको छ ।

बागमती प्रदेशको नामाकरण र हेटौंडा राजधानी राख्ने सन्दर्भमा धेरै सांसदहरुको असहमति रहे पनि सदनमा ताली लगाउन र सडकमा गालीको वातावरण देखिएको हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत निर्णयका कारण यस्तो भएको धेरैको विश्लेषण छ । तर, वास्तबिकता के पनि भुल्न हुन्न भने बगमती प्रदेश नामाकरण र हेटौंडा राजधानी राख्ने पक्षमा सत्तारुढ दल मात्र सम्लग्न थिएनन्, प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस, अर्को प्रतिपक्षी विबेकशील पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीको पनि साथ र सहयोग रहेको कतैबाट छिपेको छैन ।

जातीय ध्रुबीकरण

बागमती प्रदेश नामाकरणको पक्षमा देखिएको यो समीकरण आफैँमा आश्चर्यजनक छ । यस्तो वातावरण सत्तारुढ दल नेकपाको निर्णयबाट मात्र सिर्जना भएको होइन । यो मुलुकमा उठ्दै गएको पहिचानवादी आन्दोलनको प्रभाव र जातीय ध्रुबीकरणको उपज हो । राजनीतिक विश्लेषक इन्द्र लामाको विचारमा यस्तो निर्णयमा पुग्न राजनीतिक दललाई बाध्य पार्ने वातावरण ताम्सालिङका अभियन्ताहरुबाट पनि भएको हो । ‘किन ?’ भन्ने प्रश्नमा उहाँले भन्नु भयो – ‘नामाकरण जस्तो विषयलाई अतिवादी ढंगले सुरुबाट नै प्रचार गरियो, यसबाट राजनीनितक दलका निर्णायक तहमा बसेकाहरु उत्तेजित भएको हुन सक्छ । यसलाई उत्तेजना र अहंतुष्ठीको विषय नबनाएको भए नामाकरण सामन्य विषय मात्र हुने थियो ।’

हाल बागमती प्रदेशमा रुपान्तरण भएपछि ताम्सालिङ प्रदेशको एक मात्र उत्तराधिकारीका रुपमा रसुवाबाट निर्वाचित प्रदेश सांसद प्रेम तामाङ मैदानमा देखापर्नू भएको छ । यसअघि खासै चर्चाको केन्द्रीय बृत्तमा देखा नपर्नू भएका तामाङले २८५६ औं सोनाम ल्होछारको उपलक्षमा आयोजित काठमाडौंको टुँडीखेलमा आयोजित समारोहमा ‘अहिले ताम्सालिङ कोमामा गए पनि एक दिन ताम्सालिङ आएरै छोड्ने’ बताउनु भएको छ । प्रदेश सांसद तामाङको यो भनाई धेरै तामाङहरुका लागि अवश्य कर्णप्रिय छ । यसै कारण उहाँले बोल्दा समारोहमा तालीको समर्थन पनि पाउनु भयो । तर, इतिहासको बिभिन्न कालखण्डमा यस्ता उद्घोष पटक पटक सुनेका र प्रेम तामाङ भन्दा अलिक अगाडि भोटो फटाएका तामाङ अग्रजहरुका लागि भने यस्तो उद्घोष र घोषणा नौलो र नयाँ विषय होइन ।

विद्यमान संघीय संरचनामा प्रदेश नामाकरणको राजनीति अहिलेका लागि सकिएको छ । अब पनि बागमती प्रदेशलाई ताम्सालिङमा रुपान्तरण गर्ने कुरा भन्दै हिड्नु राजनीतिक बेइमानी हो । त्यसैले नयाँ प्रादेशिक सिमाङ्कन र संरचनामा ताम्सालिङको खोजी गरिनु पर्दछ ।

यसअघि खासै चर्चाको केन्द्रीय बृत्तमा देखा नपर्नू भएका तामाङले २८५६ औं सोनाम ल्होछारको उपलक्षमा आयोजित काठमाडौंको टुँडीखेलमा आयोजित समारोहमा ‘अहिले ताम्सालिङ कोमामा गए पनि एक दिन ताम्सालिङ आएरै छोड्ने’ बताउनु भएको छ । प्रदेश सांसद तामाङको यो भनाई धेरै तामाङहरुका लागि अवश्य कर्णप्रिय छ । यसै कारण उहाँले बोल्दा समारोहमा तालीको समर्थन पनि पाउनु भयो । तर, इतिहासको बिभिन्न कालखण्डमा यस्ता उद्घोष पटक पटक सुनेका र प्रेम तामाङ भन्दा अलिक अगाडि भोटो फटाएका तामाङ अग्रजहरुका लागि भने यस्तो उद्घोष र घोषणा नौलो र नयाँ विषय होइन ।

नेतृत्व अभाव

इतिहासको विभिन्न कालखण्डमा तामाङहरुले पहिचानका लागि विद्रोह र आन्दोलन गर्दै आएका छन् । ती सबै आन्दोलन र विद्रोहहरु असन्तुष्टीमा मात्र सिमित हुन पुगेको छ । यसो हुनुमा केही कारण प्रमूख छन् । पहिलो कारण तामाङ नेतृत्व राजनीतिक दलमा स्थापित हुन नसक्नु हो । कुनै जमानामा निर्मल लामा नेपाल कम्युनिष्ट आन्दोलनमा प्रखर थिए । लामालाई देखेर र उनका कुरा सुनेर धेरै तामाङहरु कम्युनिष्ट बनेका थिए । भीमबहादुर तामाङ नेपाली कांग्रेसमा थिए । भीमबहादुरलाई पछ्याउँदै तामाङहरु कांग्रेस भए । दामन पाख्रिनको नेतृत्वमा त खनियाखर्क आन्दोलन नै भयो । तर, पछिल्लो पिँढीमा गौरव गर्न लायकको तामाङ नेतृत्व किन जन्मिन सकेन ? ताम्सालिङ प्राप्त नहुनुको पछाडि यही प्रश्नको उत्तर काफी छ ।

विद्यमान दृष्यमा मूलधारको राजनीतिमा स्थापित केही नेताहरु त छन््, तर नामाकरणको यो प्रकरणले ‘छन्् कि छैनन्’ भन्ने आशंका पनि सँगै जन्माएको छ । नेकपाका शेरबहादुर तामाङ र नेपाली कांग्रेसको बहादुरसिंह लामाको त के कुरा गर्नू ताम्सालिङ हुनुपर्छ भनेर एकदिन भनेको सुनिएन । बरु, धन्न कमानसिंह लामाले पार्टीको आदिवासी जनजाति सहइन्चार्जबाट राजीनामा दिएर झिनो विद्रोहको मसिनो स्वर निकाल्नु भयो । तर, उहाँ पनि लामोसमय टिक्न सक्नु भएको देखिएन । एकातिर सहइन्चार्जबाट राजीनामा दिने अर्कोतिर पार्टीको भातृसंगठन आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय सदस्य पदको सपथ लिन राष्ट्रिय सहभागृहमा पुग्नु भएबाट उहाँको विद्रोह वास्तविक विद्रोह थियो कि थिएन भन्नेमा प्रश्नवाचक चिन्ह बाँकी नै छ ।

दलीय सर्वोच्चता

हामी बाँचेको वर्तमान युग बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाको युग हो । हामीले चाहेर वा नचाहेर देशका सबै निर्णयहरु दलीय सर्वोच्चताका आधारमा हुन्छन्् । यो जनवादी सर्वोच्चता भएको कम्युनिष्ट शासनको व्यवस्था होइन, संसदीय राजनीतिभित्रको दलीय सर्वोच्चता हो । यस कारण यो व्यवस्थामा नेताको भूमिका भन्दा पनि नेतृत्वको भूमिका प्रधान रहन्छ । यो प्रणालीमा राजनीतिक दलमा दलका नेता तथा कार्यकर्तालाई आत्मनिर्णयको स्वतन्त्रता रहन्न । दलका नेता तथा कार्यकर्तालाई दलीय सीमाभित्र मात्र स्वतन्त्रता रहन्छ । यसैले ताम्सालिङ प्रकरणमा प्रदेशमा तामाङ सांसदको उपस्थिति वा संख्याको कुनै अर्थ र महत्व रहन्न । महत्व त्यहाँ रहन्छ, पार्टीको केन्द्रीय नेतृत्वमा तामाङ विषयवस्तु बुझने सदस्यको पहुँच र प्रभाव । यसैले ताम्सालिङ प्राप्त नहुनुमा ओली ‘डक्ट्रीन’ मात्र भनेर हुन्न, त्यहाँ प्रभाव पार्ने तामाङ नेतृत्वको शैली र व्यक्तित्वको पाटो पनि बुझ्नु पर्ने हुन्छ ।

ताम्सालिङ तामाङहरुका लागि कति महत्वपूर्ण हो भन्ने विषयमा यहाँ व्याख्या गर्न लागिरहेको छुइन । केवल के मात्र स्पष्ट पार्न खोजिएको हो भने तामाङहरुको मनोविज्ञान र भावनासँग जोडिएको यो विषयमा विद्यमान राजनीतिक प्रणालीको संस्थागत निर्णय प्रक्रियाका बारे विश्लेषण नगरी ताम्सालिङ प्राप्त हुने बाटोमा जान सकिन्न । यसैले हिजो हामीले जनआन्दोलन गर्दा कुन प्रणाली स्थापित गर्ने मार्ग निर्देशनका साथ अगाडि बढेका थियौँ, हामी पुग्ने त्यही हो ।

भनिन्छ, पहिलो पाइलाले नै गन्तव्यको निर्धारण गर्दछ । ताम्सालिङ प्राप्त नहुने कुराको संकेत राजनीतिक प्रणालीको रोजाइबाट नै स्पष्ट हुन्छ । ’अम्बाको बोट रोपेर सुन्तलाको फल आसा गर्नू हुँदैन‘ भन्ने नेपाली उखान त्यसै चलेको होइन । त्यसैले हामीले भोट दिएर चुनेका प्रतिनिधिमा आत्मगत निर्णय गर्ने स्वतन्त्रता प्राप्त नभएसम्म पार्टीको हाइकमान्ड जहिले पनि हाबी भईरहन्छन् ।

मूलधारको राजनीतिलाई तामाङले मात्र होइन, एक दशकभर आदिवासी जनजाति पुग्ने संभावना अत्यन्त कम छ । त्यसै पनि पार्टीको हाइकमान्डमा आदिवासी जनजाति नपुगी आदिवासीमैत्री निर्णय हुन नसक्ने पनि घाम जत्तिकै छर्लङ्गै छ । यही पृष्ठभूमिमा ताम्सालिङको सपना पुरा नभएको हो भन्ने कुरा ठोकुवा गर्न सकिन्छ ।

yatru.kumar@gmail.com

तपाईको प्रतिक्रिया