यातायात व्यवसायी र विद्यार्थी संगठनबीच ५ बुँदे सहमति

0 Shares
रसुवा

रसुवामा क्रियाशील विद्यार्थी संगठनले आन्दोलन नै गर्छु भनेपछि शुक्रबार यातायात व्यवसायी र संगठनबीच ५ बुँदे सहमति भएको छ ।

छलफलबाट पासाङल्हामु मार्गको रसुवा जिल्लाभित्र संचालन हुने सार्वजनिक यातायातलाई व्यवस्थापन गरी पुराना र मापदण्ड विपरितका यातायातलाई तत्कालै हटाउने सहमति भएको छ, अनेरास्ववियुका केन्द्रीय सदस्य सुरेश अधिकारीले बताए । अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, परिचय पत्र अनुसार भाडा छुट, लामो दुरीमा कार्डको फोटोकपी पेश गर्नुपर्ने, बसमा फ्रि वाईफाई लगायतको सुविधा हुनुपर्ने माग राखेका थिए ।

यातायात क्षेत्रको सुधारका लागि जिल्ला प्रशासन कार्यालयमा संगठनले माग पत्र बुझाएका थिए ।

पत्रमा यातायात व्यवसायी कम्पनीमा दर्ता गर्नुपर्ने, टाइमकार्डको व्यवस्था, अतिरिक्त सुविधासहित हुनुपर्नेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया