एसएमएस धमाका सकियो, शैक्षिक क्षेत्रमा रोशीलाई सघाउने


युएईको आबुधावीमा एसएमएस धमाका-३ बृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । जुलाई ५ शुक्रबार आबुधावीस्थित मलयाली समाज मुसफाको हलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तामाङ समाज ग्रेटर वासिङ्टनका अध्यक्ष उत्तर सिंह लामाले एसएमएस (सपोर्ट माई स्कुल ) धमाका कार्यक्रम शैक्षिक क्षेत्रमा एकदमै उदाहरणनीय बनेको बताए ।  उनले थपे, आगामी दिनहरुमा पनि समय सापेक्ष फरक ढङ्गले यस्ता कार्यक्रमहरू गर्दै  व्यापक रूपमा शैक्षिक क्षेत्रमा अघि बढ्न र सचेत बनाउन सकिन्छ । त्यसैगरी विशेष अतिथि विमल तामाङले संघसस्था खोलेर पदको लागि मात्र लडाइँ गर्ने नभई सहयोगको भावना पनि हुनुपर्ने बताए ।

समारोहमा नेपालबाट आमन्त्रित गायक सुरेश लामाले बेजोड प्रस्तुति मार्फत दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । गायक लामाले धमाकालाई दर्जनाै गीत गाएर मनोरञ्जन दिएका थिए । त्यसैगरी स्थानीय कलाकारहरू गेलु शेर्पा, सन्जिता तामाङ, त्रिशला मोक्तान, राजेश लामा, प्रबेग दोङ तमाङ, राजेश ब्लोन तामाङ, अञ्जली घ्लान तामाङ, राजु घले, रन्जित रिजाल, सुब्बा बल, विवेक रानाभाट, अञ्जुली लोप्चन तामाङ,हरि मोक्तान र ओनिका तामाङ लागयतले आआफ्ना प्रस्तुति राखेका थिए ।

कार्यक्रममा केही महिना अघि दुर्घटनामा परि खुट्टामा फ्याक्चर भई हाल उपचारका क्रममा रहेकी तामाङ समाज युएईकी महिला विभाग प्रमुख ओसिन ब्लोन तामाङलाई ५० हजार रुपैया सहयोग गरेका थिए ।

धमाकाबाट संकलित रकम समाजले केही दिनपछि काभ्रेका रोशी  गाउँपालिका-९, पिन्थलीस्थित महाकाली देवी कर्मद्वय प्राथमिक विद्यालयलाई सहयोग गर्ने जनाए ।

तामाङ समाज युएईले बिगतका वर्षहरुमा झै तामाङ समुदाय, राजनैतिक,आर्थिक, तथा सामाजिक रूपमा पछि पर्नुमा शिक्षामा पहुँच नपुगेको ठहर गर्दै तामाङ समाज युएईको अभियान शैक्षिक क्षेत्रमा गरौं योगदान भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरेका हुन  ।

कार्यक्रमलाई ग्रीन लाइन ट्राभल एण्ड टुरिजम, एसियन फ्युजन रेस्टुरेन्ट, अल अमन एच आर कन्सलटेन्सी, विमल तामाङ मुख्य प्रायोजन र नेपाली गोल्ड ज्वेलरी, अल हनीन नर्सरी, नेपाल प्यालेस रेस्टुरेन्ट, डि एक्स एण्ड (DXN) आबुधावी शाखा नेपाली टिमको सहप्रायोजन रहेका थिए ।

कार्यक्रम संयोजक डिल्लीराम तामाङले स्वागत मन्तव्य राखेका थिए । समाजका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका