निजगढमा तामाङ संग्राहलय बन्ने

सैलुङअनलाइन
सैलुङअनलाइन
निजगढ

निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले तामाङ समुदायको संस्कृति संरक्षणका लागी नगरपालिकाले बिभिन्न योजनाहरु अघि सारेको बताएका छन् ।

निजगढको बाघदेव स्थित नयाँबस्तीमा स्थानीय तामाङ सरोकार समाज निजगढले २१४७ औ ग्याल्पो ल्होसारको अवसरमा आईतबार आयोजित कार्यक्रममा सो कुरा बताएका हुन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मेयर खनालले नगरभित्रका तामाङ समुदायको भाषा, संस्कृति जगेर्ना गर्न नगरपालिकाको मुख्य दायित्व रहेको बताए । उनले नगरपालिकाका तामाङ संग्राहलय निर्माणको अवधारणा अघि सारेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया