गोसाईकुण्ड गाउँपालिका- ६ धुन्चेका तामाङ समुदायले आफ्नो समाजमा भइरहेको विकृतिलाई हटाई संस्कृति बचाउन लागी परेका छन् ।
फागुन १७ गते १५ जनाको दुङलाङ समाजको कार्यसमिति बनाई परम्परागत चल्दै आएको संस्कृतिलाई बचाउने उद्देश्यले खोलिएको हो । समाजले समुदायको विवाह, सुत्केरी हुँदा, कुनै पनि सामाजिक कार्य गर्दा व्यवस्थापन गर्नेछ ।
अभियान नै सुरु गरी कला संस्कृतिसँग सम्बन्धित रहेको विकृति रोक्ने विकास निर्माणका काममा रेखदेख गर्ने, उन्नत समाज निर्माण गर्न अबका दिनहरुमा दाइजो प्रथा, देखासिखि गर्न रोक लगाउने निर्णय गरेको छ ।
समाजका संरक्षक गोसाईकुण्ड गाउँपालका- ६ का वडाध्यक्ष दावासिदार वाइवा रहनेछन् ।
टुल्कु छोलिङ गुम्बा व्यवस्थापन समितिको जग्गामा शंख पार्क निर्माणको लागी जग्गा व्यवस्थापन गरेर काम अगाडी बढाइने दुङलाङ समाजका सचिव प्रमोदकुमार तितुङले जानकारी दिए ।