स्वास्थ्य र शिक्षित समाज निर्माण अभियानमा रहेको नर्स प्रतिमाले कालिका गाउँपालिका वडा नं. १ ग्राङको विद्यालयमा शैक्षिक सामग्री वितरण गरेकी छिन् ।
आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई केही हदसम्म सहयोग पुग्ने देखेपछि उनले दैनिक आवश्यक पर्ने स्टेशनरीमा कपि, कलम, इरेजर, नेलकटर, डिटोल साबुन, ब्रस, टुथ ब्रस, वितरण गरिएको हो ।
एकदेखि पाँचसम्म पढाई हुने ग्राङ प्राथमिक विद्यालयमा १६३ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री साथै हाईजनिक सम्बन्धी हात धुने तरिकाबारे सिकाईएको प्रधानाध्यापक राजन तामाङले बताए । आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउन चाहने उनी पश्चिमाञ्चल विश्व विद्यालयबाट वि.एसि नर्सिङ गरेकी छिन् ।
‘विएसी नर्सिङ पढेपछि विदेश जानुपर्छ ठुलो अस्पतालहरुमा जागिर खानुपर्छ’ भन्ने सोचलाई पर राखि यस्तै सामाजिक काममा लागि परेकोले एउटा उदारहणीय काम भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।