घेदुङ समन्वय समितिमा पदपूर्ति

साउदी, जुबेल

नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समिति साउदी अरबको तेस्रो भेला सम्पन्न भएको छ । समितिको भेला जुलाई ५ तारिख शुक्रबार जुवेलको कोकजोन रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

भेलाबाट मासिक शुल्क उठाउने, आर्थिक कोष खडा गर्ने, घेदुङका पदपूर्ति तथा महिला एरिया संयोजक तोक्ने, परिचपत्र बनाउने र अगस्ट महिनामा पर्ने मुस्लिमहरुको चाडको छुट्टीमा भाषा, लिपी, धर्म लगायतका विषयमा छलफल गर्ने निर्णय गरेका थिए ।

भेलामा समितिका संरक्षक तथा कार्गो व्यवसाय जेनकुमार लामाले झन्डै १ दशक अघि तामाङ समाज गठन गरेका सम्झना गरे । उनले थपे, हिजोभन्दा आजका यूवाहरू प्रविधिका कारण सक्रिय देख्छु त्यस कारण समितिले गति लिन्छ ।

लामाले समस्यहरुलाई छलफल र बहसबाट समितिले सुल्झाउदै जानुपर्ने बताए । पूर्वी क्षेत्रको घेदुङले तामाङ बस्तीहरुमा गएर शिक्षामा जोड दिदै समुदायको भाषा, लिपी, धर्म लगायतको संरक्षण गर्नु भूमिका खेल्नुपर्छ उनले, भने ।

भेलाले बरिस्ठ सल्लाहकारमा राममाया मोक्तान तामाङ,सल्लाहकारमा अस्मिता तामाङ,वरिष्ठ उपाध्यक्षमा पुतली स्याङ्तान तामाङ,महिला सचिवमा सम्झना तामाङ, सहकोषाध्यक्षमा  मुना तामाङलाई चयन गरिएको छ ।

त्यसैगरी महिला सचिव सम्झनालाई खोबार संयोजक र दमाम संयोजक राममायालाई तोकी जिम्मेवारी दिएको छ ।

घेदुङका अध्यक्ष विजय लामा सभापतिरहेको कार्यक्रम सहसचिव रोशन तामाङले सञ्चालन गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका