एकीकृत नमुना बस्ती निमार्ण गर्न सडक तथा पूर्वाधार विस्तार

धनकुटा

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भौगोलिक रुपमा बिकट तथा जोखिम यूक्त क्षेत्रका बस्ती स्थानान्तरण गरी नमुना एकीकृत बस्ती निर्माण गर्नका लागि सडक तथा पुर्वाधार विकास निर्माणका कार्य अगाढि बढाइएको छ ।

आर्थिक वर्ष २०७६।०७७ को प्रदेश सरकारबाट ४० लाख प्राप्त बजेटले धनपा सडक एकीकृत नमुना बस्ती बिस्तार कार्य थालनी गरेको हो । अहिले ३ किलो मिटर सडक विस्तार गर्ने र १ किलो मिटर ग्राबेल तथा ग्याबिङ भर्ने र ढल निर्माण र पोखरी निमार्णको डिपिआर तयार लगायतको काम भइरहेको गाउपालिका प्रमुख सेरबहादुर लिम्बुले बताए ।

उनले यस वर्ष सडक विस्तार तथा पुर्वधार निमार्ण कार्य सम्पन्न गरी आगामी वर्षदेखि एकीकृत नमुना बस्ती निर्माणका लागि विशेष कार्यक्रम सहित निर्माणको कार्यक्रम अगाडि बढाउने बताए । गाउँपालीकाले वडा नं. २, ५ र ६ गरी ३ वटा वडामा एकीकृत नमुना वस्ति निमार्ण गर्ने योजना रहेको गाउपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया