ग्रामीण कृषि सडक मर्मतको काम तीब्र

धनकुटा

 

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ मा हिउदमा धुलाम्मे र बर्षामा हिलाम्मे हुने सकडलाई मर्मत तथा सम्भारको काम थालेको छ । हिलो र धुलोका कारण हैरान भएपछि मुख्या राजमार्ग जोड्ने ग्रामीण कृषि सडक मर्मत निर्माणको कामलाई वडा र स्थानीयको पहलमा तीब्र रुपमा अगाडि बढाएको छ ।

आर्थिक वर्ष २०७६।०७७ मा संघीय सरकार, प्रदेश सरकार, गाउँपालिका र वडाबाट छुट्याइएको बजेट सडक पुर्वाधार निर्माण तर्फको २ करोड ५४ लाख बराबरको रकम बाट ग्रामीण कृषि सडक सोलीङ गर्ने तथा ग्याबिङ भर्ने र कटिङ गर्ने कार्य तीब्र रुपमा काम भइरहेको वडा अध्यक्ष कृष्णकुमार मगरले जानकारी दिए ।

जस अन्तरगत फलैचा सल्ले मुर्ती ढुङगा सडक प्रदेश को ७० लाख र गाउँपालिकाको ३३ लाख, छथरजोरपाटी चक्रपथ संघीय संसाद विकास कोषबाट ५० लाख, गाउँपालिकाबाट ४ लाख, धनपा सडक एकिकृत नमुना बस्तीको बिस्तारका लागि प्रदेश ४० लाख रहेको छ । त्यस्तै बैसाखे जौबारी सडक गाउँपालिकाबाट २ लाख, बुथकेन्द्र जौ बारी सडक मर्मत वडा बाट २ लाख, सुरुङगे धनपा सडक विस्तार १ लाख ५० हजार वडाबाट, दाहाल डाडाँ आहाले टोल २ लाख वडाबाट गरी यो वर्ष जम्मा ८ वटा सडकका लागि २ करोड ५४ लाख बराबरको बजेटले असार मसान्तमा निर्माण कार्य सम्पन्न हुने गरी काम भइरहेको वडा अध्यक्ष मगरले बताए । साथै उनले नियमित अनुगमन र सडक निमार्णमा सबै स्थानीय उपभोक्ता समितिका उपभोक्ताहरु भएकालले काम राम्रो भइरहेको बताए ।

त्यस्तै स्थानीय सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नविनकुमार भुजेलले कृषकहरुलाई मुख्या सडकसम्म कृषि उपजहरु निकालेर बेचबिखन गर्नका लागि बर्षा समयमा सधै समस्या हुने भएकाले आफुहरुले यो वर्ष सडक दुबै सिजनमा यातयात, एम्बुलेन्स सञ्चालन हुने गरी निर्माण गरिरहेको बताए ।

त्यस्तै वडा नं २ मा सिचाइ तथा खानेपानीतर्फ ८ लाख ५० हजार बराबरको काम भइरहेको वडा मगरले बताए । साथै २ नं वडा भित्र समग्र विकासका लागि आर्थिक वर्ष २०७६।०७७ को विनियोजित बजेट ४ करोड ७६ लाख ३२ हजार रहेको र सम्पूर्ण अन्य क्षेत्रमा पनि काम अघि बढीरहेको बताए । स्थानीय सडक निर्माण हुन थाले पछि स्थानीय तथा कृषकहरु खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया