युवराज चौलागाईले छिमेकी मार्ट सरस्वती शाखाको १ तोला सुन जितेको छ ।
चौलागाईंले छिमेकी मार्टको भाग्यशाली चिठ्ठा अन्तर्गत असार १९ गते शुक्रबार १ तोला सुन जितेको हो ।
छिमेकीले ग्राहकका लागि ५ सय रुपैया बराबरको किनमेल गर्दा एउटा कुपन वितरण गर्दै आएका थिए । उक्त कुपनमध्येका १ जना ग्राहकलाई १ तोला सुनको अफर थिए ।
छिमेकीले ७ औं वार्षिकोत्सब पारेर ५ महिनाअघि ल्याएको भाग्यशाली चिठ्ठा योजना अनुसार कुपनको अर्धकट्टीलाई निकाल्दा चौलागाईंले सुन पाएका हुन् ।
विभिन्न देशमा रहेका नेपालीहरुको संयुक्त लगानीमा सञ्चालित छिमेकीको भाग्यशाली चिठ्ठा कार्यक्रममा सञ्चालकहरू कुन्छा तामाङ, थर्चा लामा, नेत्र कुमार तामाङ, जीवि तामाङ, भगवान प्रधान, देवेन्द्र तामाङ, प्रकाश मल्ल, दिल्लीराम भुजेल, छिरिङ शेर्पा, सन्जय वाइबा,राज डिम्डुङ लगायत उपस्थित रहेका थिए ।