रसुवा जिल्ला अस्पतालमा आइसोलेसन कक्ष सन्चालन

रसुवा

चारवटा बेडको कोरोना भाइरस (कोभिड-१९) को संकास्पद बिरामीको उपचारर्थ रसुवा जिल्ला अस्पतालमा आइसोलेसन कक्षको स्थापना गरिएको छ ।

जिल्लामा हालसम्म कोरोना भाइरस देखिएको छैन । शंका लागेमा अस्पतालमा तत्कालै आउन असपतालले आग्रह गरेको मेडिकल सुपरिटेन्डेन डा. अनिल कुमार खरेलले बताए ।

डा. खरेलका अनुसार अस्पतालमा प्रयोग विहीन अवस्थामा रहेका अल्मुनियमका बेडलाई प्रयोगमा ल्याई कक्ष सन्चालनमा ल्याएको हो, यस्तै जिल्लामा रोग भित्रिन नदिन नाकामा सम्बेदनशिलता अपनाई दुई जना एमविविएस डाक्टर खटाईसकिएको छ । उक्त नाकामा रहेको हेल्थ डेस्कमा अहिले चार जना स्वास्थ्यकर्मी रहेका छन् । भने जोखिम बढ्ने जस्तो देखिएमा रसुवा र नुवाकोटको सिमाना बेत्रावतिमा समेत हेल्प डेस्क राखिनेछ ।

यस्त कोरोना भाइरसको संका लागेको विरामीलाई जिल्ला अस्पतालमा आइसुलेसनमा राखेर उपचार गरिनेछ तथा यहाँ उपचार हुन नसके काठमाण्डौ रिफर गर्न परे एम्बुलेन्स तयारी अवस्थामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइकेलले बताए ।

जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्ला भित्र कुनै महोत्सव पर्व, मेला, गोष्ठी, सेमिनार लगायत नगर्न आग्रह समेत गरेको छ । भने करिव ५ महिना लाई पुग्ने सामाग्री स्टक राख्न र जिल्लामा कोरोना भाइरस सम्बन्धी विशेष शर्तकता अपनाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया