पत्रकारितामा जोखिम र ईज्जत छः मेयर प्रसाई

सर्लाही, हरिवन
PHOTO:

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले पत्रकारिता पेशा भनेको शारीरिक, आर्थिक दुबै किसिमले जोखिम रहेको तर यो पेशामा इज्जत र मान सम्मान पनि रहेको बताएको छ ।

शनिबार हरिवनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सर्लाहीले आयोजना गरिएको (फोनिज) प्रदेश नम्बर २ का नवगठित कमिटीलाई सम्मान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकारिता पेशामा जोखिम पनि छ र इज्जत रहेको बताए । ‘पत्रकार भनेको राज्यको चौथो अंग जसले समाजमा भएको विकृति विसंगतीको बारेमा लेख्छ राज्यलाई सही बाटोमा हिंड्न घचघच्याउछ ।’ त्यसैले सबै क्षेत्रका पत्रकारहरुलाई ईमान्दार भएर आफ्नो पेशामा निरन्तर लाग्न र कलम चलाउन मेयर प्रसाइले आग्रह गरे । त्यस्तै उनले राज्यको चौथो अंग पत्रकारलाई आफ्नो नगरपालिकाको तर्फबाट गर्नु पर्ने सहयोग सदैब रहिरहने प्रतिबद्धता समेत व्यक्त गरे । फोनिजको जिल्ला कमिटी र प्रदेश कमिटीलाई बधाई तथा शुभकामना पनि व्यक्त गरे ।

गत महिनाको जेष्ठ ३० गते सिरहाको लाहानमा भएको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको प्रदेश नम्बर २ को महाधिवेशनबाट गठित नयाँ कमिटीलाई जिल्ला कमिटी सर्लाहीको तर्फबाट बधाई तथा शुभकामना ज्ञापन गर्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले खादा लगाई सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया