धुन्चेमा कोरोना भाइरसको संक्रमणबाट बच्न हेल्प डेस्क सन्चालन

रसुवा

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोखिम रहेका रसुवाको सदरमुकाम धुन्चेमा हेल्प डेस्क सन्चालन गरिएको छ ।

रसुवामा कोरोना भाइरसको संक्रमण हुन नदिन र भईहाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी नेपाल रेडक्रस धुन्चे शाखा, स्वास्थ्य कार्यालय र जिल्ला विपद व्यवस्थापन समिति रसुवाले संयुक्त रुपमा धुन्चे बजार हातामा हेल्प डेस्क सन्चालन गरेको हो ।

जिल्ला विपद व्यवस्थापन समिति रसुवाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डरीले यो रोग स्वास प्रस्वासबाट फैलने मात्र नभई हात मिलाउदा, नजिकै बस्दा, हिँड्दा, बोल्दा समेत हावाबाट सर्ने भाएकाले सतर्कता अपनाउन र बढी भन्दा बढी जनचेतना मुलक सन्देश फैलाउन यो हेल्पडेस्कले मदत पुराउने बताए । यस सम्बन्धी पोष्टर, पम्पलेट वितरण गरी सकेसम्म फेस मास्क र हात सेनिटाइजर प्रयोग बारे सेवा उपलब्ध गराइने प्र.जि.अ. भण्डारीले बताए ।

नेपाल रेडक्रस सोसाईटी धुन्चे शाखाका सभापति बाबुलाल तामाङले अति आवश्यक काम बाहेक लामो यात्रा नगर्न वा घर बाहिर जानै परे आवश्यक काम बाहेक र जानै परे आवश्यक सावधानी अपनाएर निस्कन आग्रह गरे । उनले भने, साथी भाइसँग भेटघाट हुँदा हात नमिलाई टाढाबाट नमस्कार गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने बताए ।
उक्त हेल्प डेस्कमा रेडक्रसले स्वयमसेवक परिचालन गरी रसुवा, काठमाण्डौबाट रसुवा अगामन गर्ने यात्रुलाई कोरोना भाइरसबाट हुने असर, बाच्ने उपाय बारे जानकारी दिइएको थियो ।

तपाईको प्रतिक्रिया