घाँटीमा चक्कु राखेर बलात्कार


file:pic

ललितपुरमा एक युवाले युवतीलाई आफ्नो डेरामा बन्धक बनाएर बलात्कार गरेको खुलेको छ । १७ वर्षीया युवतीलाई ग्वार्कोबाट घर पुर्याइदिने भन्दै महालक्ष्मी नगरपालिकाको चाँगाथलीमा रहेको डेरामा लगेर जबरजस्ती गरेको खुलेको हो ।

युवकले असार १८ गते साँझ युवतीलाई ग्वार्कोबाट घर पुरयाईदिने भन्दै बसमा चढाएका थिए । नम्बर थाहा नभएको बसमा चढेकी युवतीलाई चाँगाथलीमा रहेको डेरामा बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

कोठामा डरधम्की देखाएर घाँटीमा चक्कु राखेर करणी गरेको पीडित युवतीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । शौचालयमा लुकेर भाग्न सफल भएकी युवतीका परिवारले असार १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

परिवारको उजुरीपछि प्रहरीले बलात्कारमा संलग्न भएको आरोपमा २० वर्षीय निशान अधिकारीलाई पक्राउ गरेको मिश्रले बताए । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका