लाङटाङमा ५ रेडपाण्डा भेटियो

रसुवा

लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र चारि सिकार नियन्त्रण समुहले अनुगमन गर्दा ५ दुर्लभ जन्तु रेडपान्डा भेटिएका छन् ।

निकुञ्जका साहायक संरक्षण अधिकृत एवं सुचना अधिकारी शिव गैरेका अनुसार समय, समयमा अनुगमन तथा गस्ती जाने कर्मचारी, चारिसिकार समुहका पदाधिकारि र सुरक्षाकर्मीहरूले हालै ठुलो स्याफ्रुक्षेत्रको गुम्चे, पोलाङपाटी र ढोकाचेत खर्कमा पाँच ओटा रेडपान्डा चरिरहेको भेटिएको बताए । यसभन्दा अघि फान्टफुन्ट रेडपान्डा देखा परेको थियो ।

सुचना अधिकारी गैरेले भने केही दिन अगाडि उक्त क्षेत्रमा पाँच ओटा रेडपान्डा भेटिएको यो पहिलो पटक हो । सन् १९८७ मा प्रल्हाद योज्जनले पहिलो पटक रेडपाण्डाको अवस्था बारे यस निकुञ्जको पोलाङपाटिमा अनुसन्धान गरेका थिए । अहिले नादाङचे चोरिरिकार नियन्त्रण समुहले घनाजङ्गल रहेको पोलाङपाटि क्षेत्रमा आराम गरिरहेको अवस्थामा भेटेका हुन् ।

निकुञ्ज संरक्षण समितिले भौगोलिक विकटताका कारण रेडपान्डाको वास्तविक गणना गरी सङ्ख्या पत्ता लगाउन कठिन हुन्ने बताए । गोसाईकुन्ड गाउँपालिका-५ ठुलोस्याफ्रुको चोलाङपाटी, गुप्चे, पोलाङपाटी, र ढोकाचेत खर्क रेडपान्डाको मुख्य वासस्थान क्षेत्र रहेको छ । ८ देखि १० वर्ष सम्मको आयु हुने लजालु स्वभाव भएको रेडपान्डा हाब्रे विश्व भर नै लोपन्मुख अवस्थामा रहेको छ ।

नेपाल, भारत, चिन, वर्मा र भुटानमा मात्र पाईने यो जनावर नेपालका नौ वटा संरक्षित क्षेत्रहरूमा पाईन्छन् । दुई हजार आठ सय मिटर देखि ३ हजार ६ सय मिटर उचाईमा पाईने रेडपान्डाको मुख्य आहारा भनेको निगालोको टुसा हो त्यस्तै नुवाकेटको ध्याङफेदी लगायत सिन्धुपाल्चोकका विभिन्न स्थानहरूमा पाईन्छ ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका