साउदीमा कोरोना: उच्च सतर्कता अपनाउन दूतावासको अपिल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
रियाद, साउदी

नेपालीहरुको श्रम गन्तव्य मध्येका साउदी अरेबियामा कोभिड-१९ (कोरोना) भाइरस संक्रमण भएको पुष्टि भएपछि रियादस्थित नेपाली दूतावासले यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।

नेपाली दूतावासले सोमबार आफ्ना फेसबूक पेजबाट एक सूचना जारी गरि झन्डै साउदीमा कार्यरत साँढे तीन लाख नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् । दूतावासले तत्काल सभा, सम्मेलन, भेटघाट, विभिन्न कार्यक्रम नगर्न समेत नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

सूचनामा साउदी सरकारले कोरोना संक्रमितहरुको संख्या सोमबार बिहानसम्म १५ बताएको उल्लेख गरिएका छन् । त्यसैगरी सूचनामा साउदी सरकारले सोमबारबाट युएई, कुवेत, बहराइन, लेवनान, सिरिया, दक्षिण कोरिया, इटली, इराक लगायतका देशहरूमा हवाई आवागमन बन्द गरेको उल्लेख छन् ।

हवाई आवागमन बन्द गरेपछि यूएई ट्रान्जिट हुदै नेपाल पठाउनका लागि सोमबार विमानस्थल पुगेका तीनजना नेपाली महिलाहरुलाई पुनः दूतावासमै फिर्ता ल्याएको द्वितीय सचिव भरत खनालले जानकारी दिए ।

साउदीका स्वास्थ्य मन्त्रालयका अनुसार कातिफ शहरबाट कोरोना शुरु भएका हुन् । उक्त स्थानमा सिया मुसलमानहरुको बाहुल्यता छन् । ईरानबाट बहराइन हुँदै फर्केका साउदी नागरिकबाट कोरोनाले साउदी प्रवेश पाएको अधिकारी भनाइ छ ।

https://www.facebook.com/1204617369604682/posts/3046483182084749/

तपाईको प्रतिक्रिया