घेदुङको महाधिवेशन स्थगित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपाल तामाङ घेदुङले आफ्नो नवौं संघीय महाधिवेशन स्थगित गरेका छ । चैत्र २४ गते बसेको संघीय सचिवालयको बैठकले यही चैत्र २७-२९ सम्म काठमाडौं सम्पन्न हुन गइरहेको नवौं महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

घेदुङ संघीय सचिवालय काठमाडौंद्वारा जारी प्रेश विज्ञप्ती अनुसार अर्को सूचना जारी नभएसम्मका लागि महाधिवेशन स्थगित गरिएको छ ।

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिरहेको र छोटो समयमा नै हजारौ नागरिकको ज्यान समेत लिनुका साथै लाखौंको संख्यामा संक्रमण फैलिएरहेको सन्दर्भमा नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउँदै सभा, सम्मेलन जस्ता भिडभाडका कार्यक्रम सञ्चालन नगर्न अनुरोध गरिसकेको जनाउँदै घेदुङले पनि महाधिवेशन स्थगित गरेको प्रेश विज्ञप्तीमा जनाएको छ ।

तपाईको प्रतिक्रिया