ब्लड क्यान्सर बिरामी गौरीमायालाई आर्थिक सहयोग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
साउदी

खोटाङ केपिलासगढी गाउपालिका-२ खार्तम्छाकी ब्लड क्यान्सरको बिरामी गौरीमाया राईले नगद सहयोग प्राप्त भएको छ ।

बिरामी गौरीमायालाई साउदी अरेबियाबाट मित्रमनी राईको पहलमा ६१ हजार १ सय १५ रुपैयाँ पठाएको थियो । किराँत राई यायोक्खा शाखा साउदीका सदस्यहरु र यहा कार्यरत नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरेको पहलकर्ता मित्रमनीले बताए । मित्रमनीका अनुसार आर्थिक स्थिति कमजोर रहेकी गौरीमायाको सहयोगार्थ देश-विदेशमा अभियान चलाइरहेका छन् ।

‘ गाउँबाट ६ महिनाअघि बिरामी भइ उपचारका लागि विपी मेमोरियल अस्पतालमा लाएको त्यसैबेला गौरीमायालाई क्यान्सर भएको थाहा पाए ‘ बिरामीका पति अमृतबहादुर राईले भने’ भएका सम्पत्ति पनि उनकै उपचारमा सकिए ।’ पति अमृतका अनुसार उपचारका लागि भारत लानु पर्ने बिरामीको उपचारमा संलग्न डाक्टर बताएका छन् । भारत लगेर उपचार गर्न खर्च धन्न नसक्ने भएपछि देश-विदेशमा रहेका आफन्तजन तथा संघसंस्थाहरुलाई सहयोगको अपिल गरेका हुन् ।

पहलकर्ता मित्रमनीले संकलन भएका आर्थिक सहयोग सिटी एक्स्प्रेस मनी ट्रान्सफरबाट देउराज राईको नाममा मार्च ८ गते पठाएको बताए । मित्रमनी किराँत राई यायोक्खा शाखा साउदी अरेबियाका उपमहासचिव हुन् ।

तपाईको प्रतिक्रिया