साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
साउदी

साउदी अरेबियामा कोभीड-१९ (कोरोना) भाइरस संक्रमित संख्या बिहीबार बिहानसम्म ४५ पुगेका छन् ।

साउदीमा कातिफ शहरबाट शुरु भएको कोरोना मक्का शहरसम्म पुगेको स्वास्थ्य मन्त्रालयले बताइएको छ । मक्कामा भेटिएका कोरोना संक्रमित २१ जना इजिप्टका नागरिक भएको मन्त्रालयले जनाएका छन् ।

कोरोना संक्रमित संख्या बढ्दै गएपछि साउदी सरकारले बिहीबारदेखि लागू हुनेगरी बहराइन, इजिप्ट, इराक, कुवेत, लेवनान, ओमन, टर्की, युएई, चीन, भारत, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, इथोपिया, केन्या, सोमालिया, इटली, स्पेन, पोर्चुगाल लगायत गरी ५० भन्दाबढी देशहरूको उडान रोक लगाएका हुन् ।

साउदी सरकारले यसअघि केही देशका उडानमा रोक लगाएका थिए । साउदी सरकारले आफ्ना नागरिकलाई उडान रोक लगाएका देशबाट ७२ घण्टा भित्र देश फर्किन अनुरोध गरेका छन् ।

रोजगारीका सिलसिलामा झण्डै साँढे ३ लाखको हाराहारिरहेका नेपालीहरुमा भने अहिलेसम्म संक्रमित नभएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार 

साउदीमा कोरोना: उच्च सतर्कता अपनाउन दूतावासको अपिल

खाडीमा कोरोना संक्रमण बढ्दो, नेपालीलाई सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया