कमेडी च्याम्पियन बने हिमेश पन्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

रियालिटी सो ‘कमेडी च्याम्पियन’ को विजेता हिमेश पन्त बनेका छन् ।

शनिबार भएको ग्रान्ड फिनालेमा उनले बढी मत ल्याएर विजेता बनेका हुन् । उनले २५ लाख नगद र कार जित्ने उपाधि जितेका छन् ।

‘वान लाइनर’ कमेडीमा प्रस्तुति दिएर अगाडि बढेका पन्त कमेडी च्याम्पियनले आफ्नो कलालाई निखार्न पाएकोमा खुशी भएको बताउँछन् ।

यसैगरी फस्ट रनरअप र सेकेन्ड रनरअप सुमन कोइराला, खड्कबहादुर पुन बनेका हुन् ।

तीनै जनाले वल्र्ड टुरको उपाधि जितेका छन् । अडिसनमा सामेल ८४ जनामध्येबाट उनीहरू टप थ्रीमा परेका थिए ।

तपाईको प्रतिक्रिया