साउदी अरेबियाले कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या ८६ पुगेपछि आइतबारबाट दुई हप्ताको लागि अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भएको छ ।
साउदी सरकारका गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गरि उडान स्थगित गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय उडान स्थगित आइतबार बिहान् ११ बजेदेखि लागू हुने गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गृहको जारी विज्ञप्तिमा भनिएको छ ‘ यस अवधिमा फर्कनु पर्नेहरुका लागि बिशेष छुट्टीको रूपमा लिइन्छ । सबै आगमनको लागि अनुमोदन गरिएको रोकथामात्मक उपायका लागि स्वास्थ्य परीक्षणको लागि आवश्यक परीक्षण जस्ता आवश्यक व्यवस्था गरिने छ ।’
विज्ञप्तिमा ‘ स्वास्थ्य मन्त्रालय, आन्तरिक मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण मन्त्रालय र अन्य सम्बन्धित पक्षहरूसँग मिलेर फर्कन चाहने नागरिकहरूको आगमनको व्यवस्थाका कार्यविधि छिट्टै घोषणा गरिनेछ ।’
यसअघि साउदी सरकारले बहराइन, इजिप्ट, इराक, कुवेत, लेवनान, ओमन, टर्की, युएई, चीन, भारत, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, इथोपिया, केन्या, सोमालिया, इटली, स्पेन, पोर्चुगाल लगायत गरी ५० भन्दाबढी देशहरूको उडान रोक लगाएका थिए ।
रोजगारीका सिलसिलामा झण्डै साँढे ३ लाखको हाराहारि रहेका नेपालीहरुमा भने अहिलेसम्म संक्रमित नभएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साउदी सरकारले अन्तर्राष्ट्रिय हवाइ सेवा स्थगित गरेपछि नेपाली दूतावासले घर विदामा जान चाहेका र घर विदामा रहेका नेपालीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् । दूतावासले साउदी सरकारलाई दुई हप्ता विशेष विदा दिने निर्णय गरेकोमा धन्यवाद दिएका छन् ।
दूतावासले हालको परिस्थितिलाई मध्यनजर गरि दूतावासले प्रदान गर्दैआएका घरेलु कामदारहरूका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिस, घर विदामा नेपालमा रहेकाहरूले यसअवधिमा आफ्ना कफिलहरूलाई सिफारिसका लागि नपठाउन अनुरोध छ ।
त्यसैगरी दूतावासले दमामस्थित जन सम्पर्क अधिकारीबाट हुदै आएका वहिर्गमन (अकामा नभएका, अकमा नवीकरण नभएका, हुरूब तथा अभिलेखवद्द नभएकाहरूका आवेदनहरू राजदूतावासले संकलन गर्दै आएको) सम्बन्धी आवेदन संकलनका कार्यहरू समेत हाललाई स्थगित गरेका जनाएको छ ।
सम्बन्धित समाचार
साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक