एसईई पूरक परीक्षाको मिति सर्यो

काठमाडाैं

आउँदो साउन २६ र २७ गते तोकिएको एसईई पूरक परीक्षाको समय तालिका सरेको छ । ग्रेड बृद्धिको लागि अब परीक्षाको मिति भदौ १ गतेदेखि ११ गतेसम्म संचालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले यसमा सहभागी हुन पाउनेछन् ।

ग्रेडवृद्धि परीक्षा फारम राष्ट्रिय परीक्षा बोर्डको वेभसाइट धधध.लभद.नयख.लउ वा १० कक्षाको परीक्षा नियन्त्रण कार्यालयको वेभसाइट धधध.कभभ.नयख.लउ बाट डाउनलोड गर्न सकिनेछ । फारम डाउनलोड गरेर साउन १० गतेभित्र पाँच सय रुपैयाँ राजश्वसहित विद्यालयमार्फत प्रवेश पत्र तथा ग्रेड सिटको प्रतिलिपीसहित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनु पर्नेछ ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका