खिमाको बस्यो माया हुनेकी नहुन?(भिडियो)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौ

दोहोरी गायिका खिमा रोका मगर ‘ बस्यो माय हुनकी नहुन ‘ बोलको गीतको म्युजिक भिडियोसहित लिएर आएकी छिन् । सांगीतिक क्षेत्रमा निरन्तर रहेकी बाग्लुङ ताराखोलाकी खिमाले गीत युट्युबाट सार्वजनिक गरेकी हुन् ।

गायिका खिमालाई आवाजमा तेजश रेग्मीले साथ दिएको छ । माया प्रेमका विषयलाई उठाइएको गीतलाई गायक तेजशले रचेका हुन् । संगीत संयोजक योगेश काजी सम्हालेका छन् ।

गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ । क्रान्ति केसीद्वारा निर्देशित भिडियोमा स्वयं तेजश र सृष्टी खड्काले अभिनय गरेका छन् । भिडियोलाई अजय रेग्मीले खिचेका हुन् ।

यस गीतको म्युजिक भिडियो गायक तथा रचनाकार तेजशसँगको सहकार्यमा ल्याएकी खिमाले बताइन् ।

 

तपाईको प्रतिक्रिया