टेलिभिजन शो ‘ विस फर अ डे विथ डल्लु ‘को ट्रेलर सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन

टेलिभिजन शो ‘विस फर अ डे विथ डल्लु’ को ट्रेलर सार्बजनिक गरिएको छ । दरवारमार्गस्थित म्यागनम लन्ज वारमा पत्रकार सम्मेलन गरि शो को ट्रेलर सार्वजनिक गरिएको हो ।

डल्लु इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण गरिएको कार्यक्रमको ट्रेलरले एकजना व्यक्ति बिशेषको इच्छा, आकांक्षा, सपना, अनि खुसी एक दिनको प्रस्तुति रहनेछ । वेब टिभीको स्टुडियोमा सम्पादन र छायांकन गरिएको कार्यक्रमलाई डम्बर राईले छायांकन र धुर्वराज पराजुली प्रज्वलितले सम्पादन गरेका हुन् , भने अभिनेत्री कविता गुरुङको कन्सेप्ट र प्रस्तुतिकरण रहेको छ  ।

उक्त कार्यक्रममा बोल्दै लामो समयदेखि नर्वे बस्दै आएकी गुरुङले भनिन् ‘नर्वेमा मैले कमाएको पैसा र उमेशले कमाएको पैसाले महँगो जुत्ता र कपडा लगाउने या रमाइलो ठाउँमा घुम्ने घरमा पनि महँगो सामान खरिद गर्ने गर्थे । त्यो रकम नेपालमा कोहि सामान्य परिवारलाई कति महिनाको खर्च चल्छ कति धेरै कुरा गर्न मिल्छ मलाई त्यो फिल भयो त्यसैले खर्छ कटौती गरी राम्रो काम लगाउने सोचले टेलिभिजन शो शुरु गरेको बताइन्’ ।

पहिलो सिजनमा १० भागको कार्यक्रमको निर्माण गरिएको र पाक्षिक रुपमा राष्ट्रिय टेलिभिजन र डल्लु इन्टरटेन्टमेन्ट युट्यूब च्यानलबाट कार्यक्रम सार्बजनिक गरिने जानकारी जानकारी दिए । ट्रेलर सार्बजनिक कार्यक्रममा विकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई, निर्देशक समाजका महा सचिव जनक दीप पराजुली लगायतकोो उपस्थिति रहेेेका थिए ।

तपाईको प्रतिक्रिया