बलत्कारको आरोपमा बैंकको मेनेजर नै पक्राउ

विराटनगर

विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । जिल्ला प्रहरी मोरङले झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा करणी गरेको खुलेको छ ।

पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७बाट पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको श्रेष्ठले जानकारी दिए । यो समाचार कान्तिपुरमा छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया