कोभिड-१९ : विश्वभरी कति मरे, कति संक्रमित ? (सुचीसहित)

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

विश्वभरी फैलिँदै गएको कोरोना भाइरसले बिहीबारसम्म ८ हजार ९ सय ८२ मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेको विवरणअनुसार संसारभरी २ लाख २० हजार १ सय ९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन् भने एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ ।

कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ । यसलाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन् । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २ सय ३७ व्यक्तिको मृत्यु भएको छ । ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन् ।

कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन् ।

भारतमा हालसम्म कम्तीमा १६९ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखा परेका छन् र देशभर सयौँको सङ्ख्यामा मानिसहरूलाई ‘सेल्फ आइसोलेशन’ वा ‘क्वारन्टीन’ केन्द्रमा राखिएको छ ।

देशभर विद्यालय र कलेजहरू बन्द गरिएका छन् र धेरै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन् ।

हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको भईसेकेको छ ।

पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

त्यस्तै श्रीलङ्कामा ५१ वटा, अफगानिस्तानमा २२ वटा, बाङ्ग्लादेशमा १४ वटा, माल्दिभ्समा १३ वटा, भुटानसङक्रमण हालसम्म देखा परेको छ ।

तपाईको प्रतिक्रिया