गोलेलाई पदक

काठमाडाैं

मलेसियामा सम्पन्न २० औं अन्तर्राष्ट्रिय मिलो कराते च्याम्पियनसीपमा नेपालका कराँते खेलाडी रणदीप गोलेले कास्य पदक जितेको छ ।

उनले पुरुष एकल कातामा नेपाललाई कांस्य दिलाएको अन्तर्राष्ट्रिय मार्सल आर्ट संघ (आईएमए) का अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । गोलेले फिलिपिन्स, भारत र मलेसियाका खेलाडीलाई हराउदै पदक जितेका हुन् ।

मलेसियाको क्वालालम्पुरमा जुन ६ र ७ तारिखमा भएको प्रतियोगितामा रणदीप गोले सहित ४ खेलाडीसहित अध्यक्ष श्रेष्ठ सहभागीताका लागि पुगेक थिए । नेपालबाट अन्य कराँते खेलाडीहरूको समेत सहभागीता रहेका थिए ।

प्रतियोगितामा १३ देशका ११ सय २० खेलाडीहरु सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया