‘जेल पनि सहुँला, नेल पनि सहुँला’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

मेलीना राई र बलबहादुर राजवंशीको स्वरबद्व गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशनमा तयार भएको भिडियो बिहीबार सार्वजनिक भएका हुन् ।

र अजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा बुद्ध थापाको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया