अन्तर्राष्ट्रिय फुड फेस्ट हुने

काठमाडाैं

नेप्लिज इथ्निक्स फुड फेस्ट सम्बन्धि नेपालमा अन्तर्राष्ट्रिय कार्यक्रम हुने भएको छ । ग्लोवल नेपलिज सेफ फेडेरेशनले असार २५ देखि २८ गतेसम्म काठमाडौंको अनुपम पार्टी प्यालेस, वत्तिसपुतलीमा कार्यक्रम गरिने आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।

फेडेरेसनले असार २५ र २६ गते होमस्टे अध्ययन भ्रमण, २७ गते होटल र रेष्टुरेन्ट भ्रमण र २८ गते हिमालयन इथ्निक्स फुड फेस्ट गर्ने सचिव प्रेमलाल घिसिङले बताए ।  नेपाली मौलिक खानाको विश्वव्यापी प्रचारप्रसार र नेपाली मौलिक ब्राण्डलाई स्थापित गराउन कार्यक्रमले सहयोग पु¥याउने सचिव घिसिङको विश्वास छ ।

कार्यक्रमको मुख्य आकर्षण सिक्किमका हिमालयन खाना विशेषज्ञ डा. ज्योतिप्रकाश तामाङले नेपाली तथा हिमाली खानाबारेमा जानकारी दिनेछन् ।

‘सेफको लागि सेफ’ भन्ने नाराकासाथ अगाडि बढेको सेफहरुको संस्थाले यस वर्षदेखि नेपाली कुलिनरी अवार्ड प्रदान गरिने अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले बताए ।

गोबिन्द नरसिङ के.सीले लिभिङ लेजेन सेफ अवार्ड, नरहरी अधिकारीले लाइभटाइम एचिभमेन्ट सेफ, युवराज प्रजाले सिमान्तकृत सेफ अवार्ड पाउने भएका छन् । यसैगरी खिम बरालले  आर्टिष्टिक सेफ, सेफ श्यामले बेस्ट लिडर सेफ, सेफ भावी खनालले योङ एजुकेटिभ, सुर्यकिरण र अर्जुनबहादुर थापाले लेखक सेफ र लहनाले नेपाली मौलिक रेस्टुरेन्ट अवार्ड पाउने भएका छन् ।

तपाईको प्रतिक्रिया