झापाको सुपारी लिएर आइन् उषा (भिडियो)

काठमाडाैं

गायिका उषा मलहा र गायक सुसन लिम्बुको स्वर रहेको ‘झापाको सुपारी..’ गीतकोे भिडियो सार्वजनिक भएको छ । गायिका उषाकै शब्दमा बिकास चौधरीले संगीत भरेका छन् ।

भिडियोमा सान थापाको निर्देशन गरेका छन् भने अञ्जली अधिकारी र सुरेन साम्सोहाङ लिम्बुको मोडलिङ रहेको छ ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ भने अर्जुन तिवारीले छायांकन र सुप्रिम पराजुलीले सम्पादनको पाटो सम्हालेका छन् ।

तपाईको प्रतिक्रिया