सिङबन्दीका विद्यार्थीलाई स्वास्थ्य सामग्री प्रदान

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

नौकुण्ड गाउँपालिका वडा नं. १ स्थित सिङबन्दीमा रहेको सिङबन्दी प्रा.वि.का ३५ विद्याथीलाई स्वास्थ्य सम्बन्धिका साथै शैक्षिक सामग्री वितरण गरेको छ ।

नर्स प्रतिमा लामाले ग्रामीण क्षेत्रका विपन्न विद्यार्थीहरुको पठनपाठन सुधार होस र कोरोना भाइरसको बारेमा जानकारी दिदै दैनिक प्रयोग गरिने स्वास्थ्य सम्बन्धि शैक्षिक सामाग्री वितरण गरेकी हुन् ।

सिङबन्दीका प्रधानाध्यापक कार्बो थोक्राले सहयोग गरेका नर्स प्रतिमालाई धन्यवाद दिदै भने, ‘यो पिछाडिएको ठाउँ हो, जो कोहीको आँखा पर्दैन ।’ यहाँ मोबाइलको नेटवर्क समेत नआउने र विरामी हुँदा हारगुहार गर्न कठिन हुने बताउँदै प्रअ थोक्राले शैक्षिक सामग्रीले विद्यार्थीहरुको पठनपाठनमा थप हौसला मिल्ने बताए । उनले भने, ‘ हामीले अझ थप सहयोगको अपेक्षा समेत गरेका छौं ।’

यस्तै सेवाका भावना लिएर प्रतिमा रसुवाका विभिन्न गाउँमा पुगेकी हुन्छिन् । बुबाको प्रेरणा र श्रीमान छोक्याल दोर्जे लामाको सहयोगले समाजसेवीमा होमिएका उनी दीनदुखी, बालबालिका, बुढाबुढीहरुको सेवामा समर्पित छिन् ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले प्रशंसा गर्दै खुलेर समाजसेवामा अहोरत्र खटिने उनी एक पात्र भएको बताए ।

तपाईको प्रतिक्रिया