कोरोनाबाट एक नेपालीको मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
लण्डन

कोरोना भाइरसबाट बेलायतमा एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । सङ्खुवासभा खांँदबारी नगरपालिका १० स्थायी घर भई हाल लण्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको मङ्गलबार (मार्च १७) लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

पारिवारिक स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । मङ्गलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकोमा साञ्झ ८ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।

तीन दिनपछि अस्पतालले परिवारलाई सम्पर्क गरेर उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो । कोरोना भाइरसका सङ्क्रमणबाट मृत्यु हुने सम्भवत राई पहिलो नेपाली हुन् । अहिले राईको परिवारलाई पनि ‘आइसोलेसन’मा राखिएको छ ।

तपाईको प्रतिक्रिया