निजगढको सार्वजनिक स्थानहरुमा हेल्थ डेस्क

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि निजगढ नगरपालिकाले नगरको सार्वजनिक स्थलहरुमा हेल्थ डेस्क सहित सर्वसाधारणलाई हात धुने व्यवस्था मिलाएको छ । निजगढ नगरपालिकाले नगरको बढी भिडभाड हुने र जोखिममा रहने स्थानमा सर्वसाधारणलाई हेल्थ डेस्क सहित हात धुनकालागि साबुनसहित पानी ट्याङ्की राखेको हो ।

नगरको मुख्य बजार क्षेत्रहरुमा हेल्थ डेस्क सहित हात धुनकालागि साबुनसहित पानी ट्याङ्कीको व्यवस्था गरेको निजगढका मेयर सुरेश कुमार खनालले बताए । नगरपालिकाको मुख्य व्यापारिक क्षेत्र शहिद चोक,बुद्ध चोक,नगरपालिकाको कार्यालय,रतनपुर र भरतगंज सिंगौलमा हेल्थ डेस्क सहित हात धुनकालागि साबुनसहित पानी ट्याङ्की राखिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रमेश लामाले बताए ।

तपाईको प्रतिक्रिया