कोरियामा चार पत्रकार सम्मानित

दक्षिण कोरिया

कोरियामा रहेर पत्रकारिता क्षेत्रमा कलम चलाउदै आएका चार अनलाइन पत्रकार सम्मानित भएका छन् । यहाँ रहेका जातिय संस्था नेपाल तामाङ संघले चार पत्रकारलाई विशेष सम्मान गरेको हो ।

डिजिटल प्रविधिको युगमा अनलाइन पत्रिका मार्फत समुदायको हरेक क्षेत्रका विविध विषयलाई राष्ट्रिय, अन्तराष्ट्रिय एवं मुलाधारमा उजागर गर्दै आइरहेकाे गतिविधिको मुल्यांकन गर्दै हाम्रा प्रतिनिधि अमिर योञ्जन, तेमाल अनलाइनका दुधबहादुर लामा, अनलाइन मिडिया वनका किशोर ब्लोन र फोनिज कोरिया डटनेट तथा ओएमसी नेपालका विमल लामा दोङलाई संघको बार्षिक साधारणसभामा सम्मान गरेको हो । राजधानी सउलको दोङ्देमुन स्थित निक ट्राभलको सभाहलमा आयोजित साधारणसभा कार्यक्रममा संघले सम्मान–पत्र र खादाले सम्मान गरेको हो ।

संघका अध्यक्ष मेघप्रसाद वाइबाको सभापतित्वमा भएको साधारणसभाको औपचारिक कार्यक्रम प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा, अन्य अतिथिहरु एनआरएनएका अध्यक्ष लक्ष्मी लामा, नागार्जुन गुम्बा कोरियाका लामा प्रमुख उर्गेन लामा, तामाङ समाज ख्याङ्साङ्नाम्दो बुसानको कार्यबाहक अध्यक्ष सुजित घिसिङ लगायतका उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

Ads by google

Counter

पत्रपत्रिका