साउदीमा कोरोना नयाँ संक्रमित २०५ भेटिए, १ को मृत्यु

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी

विश्वव्यापी महामारी रूपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस साउदी अरेबियामा मंगलबार २ सय ५ जना नयाँ संक्रमित थपिएका छन् । यो थपेसँगै साउदीमा संक्रमित संख्यामा ७ सय ६७ पुगेका छन् ।

साउदी स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १८ जनाको सफल उपचार गरेका छन् । मदिनास्थित कार्यरत ५१ वर्षीय अफगानी नागरिकको मृत्यु भएको स्वास्थ्य मन्त्री स्वास्थ्य मन्त्री डा. तव्फिग अल रविअह (Tawfig AlRabiah)ले जानकारी दिए । मन्त्रीका अनुसार आजै मात्र जेद्दाबाट ८२, रियाद ६९, अल बाहा १२, बिशह ८, नजरान ८, अबहा ६, कतिफ ६, दमाम ६, जिजान ३, खोबार २, दहरान २ र मदिनामा १ गरि २०५ जना नयाँ संक्रमित फेला परेका छन् ।

साउदी सरकारले सोमबार बिहानसम्म ५११ जना संक्रमित भएपछि सोमबार बेलुकादेखि देशभरि कर्फ्युको घोषणा गरिएका थिए । कर्फ्यु स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने, २१ दिनसम्म कायम रहने साउदीका राजा सलमान बिन अब्दुल्लाजिज साउदद्वारा हस्ताक्षर गरिएका प्रेस विज्ञप्तिमा उल्लेख थिए ।

झन्डै ३ लाख ५० हजारको आसपासमा रहेका नेपालीहरुमा भने संक्रमण नभेटिएको साउदीका लागी नेपाली राजदूत प्राडा. महेन्द्रसिंह प्रसाद राजपुतले बताए । उनले नेपालीहरुलाई संक्रमणबाट बच्न साउदी सरकारलाई सहयोग गर्न र निरन्तर दूतावासको सम्पर्क रहन आग्रह गरेको छन् ।

सम्बन्धित समाचार 

कोरोना भाइरस: साउदी अरेबियामा पनि कर्फ्यु घोषणा

साउदीद्वारा अन्तर्राष्ट्रिय उडानमा रोक, कोरोना संक्रमित ८६पुग्यो

साउदीमा कोरोना संक्रमितको संख्या ४५पुग्यो, ५०भन्दा धेरै देशको उडानमा रोक

तपाईको प्रतिक्रिया