श्रवणको मितिनी लोकार्पण (भिडियो)

काठमाडाैं

कवि श्रवण मुकारुङको नाट्य कृति मितिनी लोकार्पण भएको छ । आइतबार शिल्पी थिएटरमा ७५२ पृष्ठ लामो कृति एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।

कृतिमाथि चर्चा गर्दै निर्देशक अनुप बरालले दृश्यको जमानामा हामीले रेडियो नाटक ७० प्रतिशत मनोरञ्जन र ३० प्रतिशत शिक्षामूलक गरेका थियौं । यसर्थ पुस्तक पनि रेडियो नाटक शैलीमा पढ्न सकिने बताए ।

बरिष्ठ पत्रकार रघु मैनालीले यो कृतिले तत्कालीन सामाजिक चेतना दिनुका साथै नयाँ पुस्ताको लागि नाटक लेखनलाई मार्गदर्शक हुने बताए ।

यसैगरी कलाकार शारदा अधिकारीले लेखकलाई शुभकामना दिदै रेडियोमा हामी सबैले दृश्यानुसारको संवाद प्रस्तुत गर्न सकेकोमा गर्व गरिन् ।

लेखक कवि मुकारुङले पहिचानभित्रको सहअस्तित्व पहिचान अर्थात् बहुलताले अल्पमतलाई स्वीकारेर बसेको समाज देखाउन खोजिएको बताए ।

६२ वटा सामुदायिक एफएमबाट प्रसारित श्रृंखलाबद्ध मितिनी नाटकको संग्रहित पुस्तक बृहतरुपमा आएको सम्भवतः यो पहिलो हो ।

तपाईको प्रतिक्रिया