कोरोना रोकथामका लागी एनआरएनले १ करोड रुपैयाँ सहयोग गर्ने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
जर्मन

विश्वव्यापी महामारीको रूपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि गैरआवासीय नेपाली संघले आर्थिक सहयोगको घोषणा गरेको छ ।

संघको २० मार्च आइतबार बसेको बैठकले १ करोड रुपैयाँ बराबरको औषधिजन्य सामाग्री प्रधानमन्त्री राहत कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो ।

त्यस्तै संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेको छ । संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमितिसमेत गठन गरेको छ ।

संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारीमा लागेको अध्यक्ष पन्तले जानकारी दिए । नेपालमा हालसम्म विश्व भरी फैलिएको कोराना भाइरसको संक्रमितको दुई जना रहेको पुस्टि भएको छ।

पहिलो बिरामी ३ जनवरी २०२० मा चीनको हुवान राज्यबाट नेपाल फर्किएको ३२ वर्षीय विद्यार्थी रहेको थिए । त्यस्तै दोस्रो बिरामी १७ मार्चमा फ्रान्सबाट कतार हुँदै नेपाल फर्केकी २१ वर्षिय महिला रहेकी पुष्टि भएको छ । बिरामी १३ दिनको उपचार पश्चात निको भएर घर फर्किसकेको छ,भने दोस्रो बिरामी शुक्रराज शास्त्री ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेकी छिन् ।

तपाईको प्रतिक्रिया