पुनः एकजनामा कोभिड- १९ पोजिटिभ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

कोभिड- १९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड- १९ पोजिटिभ देखिएको जानकारी दिए ।

उनका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनले ती व्यक्तिको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताउनुभयो । योसँगै नेपालमा तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवातीलाई पोजिटिभ देखिएको थियो भने एकजना पोजिटिभका बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् ।

अहिलेसम्म मन्त्रालयको तथ्याङ्कअनुसार ६८७ मा कोभिड- १९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया